मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

काठमाण्डु टुडे २०८१ माघ १९ गते १७:०६ मा प्रकाशित

काठमाण्डू, १९ माघ–नवलपरासी पश्चिमको सरावल गाउँपालिका–१ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकलमा सवार रुपन्देहीको शुद्धोधन गाउँपालिका अमहवा निवासी २८ वर्षीय कमल परियार रहेको प्रहरीले जानकारी दिएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत प्रदेश नं.३–०२–००६ प ९८३६ नम्बरको मोटरसाइकल पूर्वबाट पश्चिमतर्फ जाँदै गर्दा अनियन्त्रित भई सडकबीचको पेटीमा ठोक्कि दुर्घटना हुँदा मोटरसाइकलमा सवार परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको लुम्बिनी सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक नुवाकोट लिखु–३ बस्ने २९ वर्षीय गोपाल लोहनी गम्भीर घाइते भएका छन् । टाउकोमा गम्भीर चोट लागेका उनको लुम्बिनी सिटी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us