नक्कली डिएसपी पक्राउ

काठमाण्डु टुडे २०८१ माघ १९ गते १५:२७ मा प्रकाशित

काठमाण्डू, १९ माघ– आफूलाई नेपाल प्रहरीको डिएसपी भन्दै सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले सिराहबाट एक जनालाई पक्राउ गरेको छ । सिरहाको लाहान नगरपालिका–२० का ३० वर्षीय दिपक भनिने धनिकलाल साहलाई पक्राउ गरीएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिएका छन ।

उनलाई तीन दिनअघि धनुषाको गणेशमान चारनाथ नगरपालिका–४ पोर्ताहबाट पक्राउ गरिएको प्रहरी निरीक्षक यादवले जानकारी दिएका छन । पक्राउ परेका साह आफूलाई कतै नेपाल प्रहरीका डिएसपी त कतै घुमुवा प्रहरी भनेर सर्वसाधारणलाई गठी गर्दै आएको पाइएको उनले जानकारी दिए ।

५० हजार रुपैयाँ ठगी गरेको भन्ने जाहेरीको आधारमा उनलाई पक्राउ गरीएको प्रहरीले जानकारी दिउको छ । उनीमाथि ठगी मुद्दामा धनुषा जिल्ला अदालतबाट म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us