सहकारी बचतको सुरक्षा आजको आवश्यकता होः सभापति देउवा

काठमाण्डु टुडे २०८१ माघ १९ गते १५:०२ मा प्रकाशित

काठमाण्डू, १९ माघ– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारीमा रकम जम्मा गर्नेहरूको रकमको ग्यारेन्टी हुनु आजको आवश्यकता भएको बताएका छन ।

आज (शनिबार) कांग्रेसको मुख्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभपति देउवाले यस्तो बताएका हुन । उनले वर्तमान अवस्थामा सहकारी क्षेत्रमा देखापरेका विभिन्न किसिमका विकृति, विसंगतिहरुको अन्त्य गर्न जरुरी रहेको पनि बताएका छन ।

उनले वास्तविक सहकारी आन्दोलनको विकास, विस्तारका लागि सबै सहकारीहरू सहकारीको सर्वमान्य आधार, मूल्य, मान्यता र सिद्धान्तअनुसार सञ्चालन हुनुपर्छ भन्नेमा पार्टी प्रतिवद्ध रहेको पनि बताए ।

देउवाले भने, ‘आम नागरिकहरूले अत्यन्त दुःख कष्ट, मेहनत गरेर सहकारीमा जम्मा गरेको लाखौँ बचतकर्ताहरू सहकारी पीडित भएका छन् ।

त्यो रकम सहकारी सञ्चालकले अपचलन र दुरुपयोग गरेको सन्दर्भमा बचतकर्ताहरूको बचतको ग्यारेन्टी हुनुपर्दछ र आजको आवश्यकता पनि त्यही हो।’ उनले सरकारले समायानुकुल सहकारीमैत्री ऐन, नियमहरूको व्यवस्था गर्नुपर्ने महसुस गरेर अध्यादेश ल्याएको पनि बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us