नवलपरासी पश्चिम, १९ माघ– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी पश्चिमको गाउँपालिका–१ सालबासमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार रुपन्देही शुद्धोधन गाउँपालिका अमहवाका २८ वर्षीय कमल परियार छन् ।
गम्भीर घाइते मोटरसाइकल चालक नुवाकोटको लिखु गाउँपालिका–३ का २९ वर्षीय गोपाल लोहनीको लुम्बिनी सिटी अस्पतालमा उपचार भइरहेको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश–३–०२–००६प९८३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक पेटीमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।