यी दुई कारणः जसले गर्दा लेखेर लगेको भाषण नपढी संसदबाट बाहिरिए प्रचण्ड

काठमाण्डु टुडे २०८१ माघ १८ गते १८:२३ मा प्रकाशित

काठमाण्डू, १८ माघ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार संसद् अधिवेशनलाई सम्बोधन गर्ने तयारीमा थिए ।

उनले लिखित भाषण तयार पारेर ल्याएका थिए । सबैभन्दा पहिला विशेष समय मागेर प्रधानमन्त्री केपी ओलीले बोले । संसदीय परम्पराअनुसार प्रधानमन्त्रीले बोलेपछि प्रमुख प्रतिपक्षी दलको नेताले बोल्नुपर्ने हो ।

तर, सभामुख देउवराज घिमिरेले ओलीपछि काँग्रेस सभापति शेरबहादुर देउवालाई बोल्न समय थिए । आफूभन्दा अघि देउवालाई बोल्न दिएपछि प्रचण्डले नबोल्ने भने र प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न लगाए ।

‘प्रधानमन्त्रीले बोलेपछि पमुख प्रतिपक्षी दलको नेताले बोल्ने परम्परा मिचियो’, पाण्डेले भने । यस्तै उनले संसदअघि कार्यव्यवस्था परामर्श समिति बैठकले कार्यसूची तय गर्नुपर्नेमा सभामुखको जतिबिजीमा कार्यसूची तयार पारिएको आरोप लगाए । ‘कार्यव्यवस्था बैठक नै नबसी कार्यसूची तयार पारिएकामा हाम्रो आपत्ति छ’, उनले भने ।

यस्तै सभामुख घिमिरेले आफूमार्फत प्रचण्डलाई २ मिटेनभित्र आफ्ना कुरा राखिसक्न खबर पठाएको पनि पाण्डेले उल्लेख गरे । पाण्डेले सभामुखको सन्देश सुनाएपछि प्रचण्ड रिसाए । आफूलाई संसदमा बोल्दा समयसीमा लगाउन नमिल्ने भन्दै प्रचण्डले पाण्डेमार्फत सभामुखलाई जवाफ दिए । संसदमा सामान्यतयः प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीलाई समय तोक्ने प्रचलन छैन ।

प्रचण्डले अब अर्को बैठकमा विशेष समय लिएर बोल्ने उनको सचिवालयले जनाएको छ । पमुख प्रतिपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री पनि उपस्थित हुनुपर्ने भएका कारण प्रधानमन्त्री ओलीको समय बुझेर अर्को बैठकमा प्रचण्डे बोल्ने माओवादी उपमहासचिव शक्ति बस्नेतले जानकारी दिए ।

प्रचण्डले सरकारले हालै संसद छलेर अध्यादेश ल्याएकोसहित आफ्नो नेतृत्वको सरकारले थालेको सुशासनको अभियान अवरुद्ध पारेको, सहकारी ठगीसहित भ्रष्टाचार कसुरमा अनुसन्धान, अभियोजन र कारबाही गर्दा सत्तापक्ष र प्रतिपक्षका आधारमा फरक व्यवहार गरेको लगायतका एजेण्डा उठाउने तयारी गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us