काठमाण्डू, १८ माघ– मोरङको विराटनगरमा एक बालिकाको शव फेला परेको छ । दिल्ली पब्लिक स्कुल नजिकै खेतमा गाडेको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।
शव १४ वर्षीया चाँदनी यादव रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले खाल्डोबाट शव बाहिर निकालेको छ । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले दिएको छ ।