प्रधानमन्त्रीलाई पाण्डेले भनेः कसैको पार्टी टुक्र्याउन खोजे आफैं खाल्डोमा पर्नुहुन्छ

काठमाण्डु टुडे २०८१ माघ १८ गते १७:०३ मा प्रकाशित

काठमाण्डू, १८ माघ– नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी टुक्र्याउनेगरी कुनै कदम अघि चालेको खण्डमा आफू पनि सोही खाल्डोमा पर्नसक्ने अवस्था बुझ्न आग्रह गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री ओलीले आजकै सम्बोधनमा पार्टी फुटाउने प्राथमिकतामा आफ्नो नरहेको बताएको उल्लेख गर्दै आफू पनि खाल्डोमा पर्नसक्ने बुझ्न आग्रह गरे ।

उनले भने, ‘प्रधानमन्त्रीज्यूले पार्टी टुक्र्याउने प्राथमिकता छैन भनेर खबर गर्नुभएको छ । कुनै पार्टी टुक्र्याउन भनेर केही कुरा अगाडि ल्याइयो भने, ‘कसैलाई खाल्डोमा हालेर दैलोमा खाल्डो खनियो भने त्यो खाल्डोभित्र आफैं पनि एकदिन परिन्छ भनेर जान्न जरुरी छ । यति कुरा हेक्का राखे हुन्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us