लोकतन्त्रको विकल्प खोज्ने होइन,सुदृढ बनाउने होः देउवा

काठमाण्डु टुडे २०८१ माघ १८ गते १४:५४ मा प्रकाशित

काठमाण्डू, १८ माघ– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कानुन निर्माणमा ढिलाइ गर्न नहुने बताएका छन् । आज शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन ।

उनले राजनीतिक सहमतिका आधारमा संविधान संशोधन गर्नुपर्ने समेत बताएका छन् । उनले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुने भन्दै यसको विकल्प खोज्ने नभई सुदृढ बनाउनुपर्ने बताए ।

‘हामीले अवलम्बन गरेका सबै प्रणालीमा लोकतन्त्रका सबै गुण विद्यमान छन् । संसारका कमै देशमा रहेको समानुपातिक प्रणालीको प्रतिनिधित्व अपनाएका छौ । लोकतन्त्र अनुशासनको पद्धति पनि हो’, देउवाले भने, ‘लोकतन्त्रको विशाल छहारीमा शिक्षित समाज निर्माण गर्नुपर्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us