काठमाण्डू, १८ माघ– रास्वपाकी सांसद सोविता गौतमले आफुहरुलाई सभामुखले बोल्ने समय नदिएपछि १५ मिनेटका लागि आजको प्रतिनिधि सभाको बैठक बहिष्कार गरेको बताएकी छन । साथै उनले आफूले भनाइ राख्न चाहे पनि सभामुख देवराज घिमिरेले समय नदिएको आरोप लगाएकी छिन् ।
शुक्रकार संसद् भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले भनिन्,‘संसद्को पहिलो दिन हामीले केही विशेष कुरा राख्न चाहेका थियौँ । तर सभामुखले समय दिनुभएन त्यसको विरोधस्वरुप १५ मिनेट बैठक बहिष्कार गरेका हौँ ।
१५ मिनेट पुरा भयो अब हामी जान्छौँ ।’ सभामुख घिमिरेले आकस्मिक समयमा बोल्न समय नदिएपछि रास्वपाका सांसदहरूले बैठक बहिष्कार गरेका थिए ।