सभामुखले संसद् अघि बढाएपछि रास्वपाको बहिष्कार

काठमाण्डु टुडे २०८१ माघ १८ गते १३:५७ मा प्रकाशित

काठमाण्डू, १८ माघ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले आजको प्रतिनिधि सभा बैठक बहिष्कार गरेका छन् ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले अवरोधकाबीच बैठक सञ्चालन गरेपछि रास्वपाले बैठक बहिष्कार गर्दै बैठक हलबाट बाहिरीएका हुन ।

अहिले रास्वपा सांसदहरू बैठक हलबाट बाहिर निस्किएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us