काठमाण्डू, १८ माघ– आज शुक्रबार दिउँसो १ बजेबाट प्रतिनिधि सभाको बैठक सुरु हुनेबित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद् बैठकमा अवरोध गरे ।
विशेष समयको माग गरेको रास्वपा सांसदहरूलाई सभामुख देवराज घिमिरेले बारम्बार आसन ग्रहण गर्न आग्रह गरे। तर, उनीहरू बसेनन्। यसपछि सभामुख घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त पत्र पढ्न थाले ।
यसपछि रास्वपाले संसद् बहिष्कार गरेको छ। रास्वपा सांसदहरू उठेर निस्किए । आजको बैठकमा सभामुख घिमिरेले रास्वपा सांसदहलाई पेलेरै अधि बढेका हुन ।