काठमाण्डु, ९ असोज– एमालेनिकट अनेरास्ववियुको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना दुई दिनपछि सुरु भएको छ ।
एमाले मुख्यालय बल्खुमा जारी मतगणनाको परिणाम आजै साँझसम्ममा सार्वजनिक हुने महासचिवकी उम्मेदवार नवीना लामाले जानकारी दिइन । निर्वाचनमा अध्यक्षका लागि लक्ष्मण लम्साल र किशोरविक्रम मल्लबीच प्रतिस्पर्धा भएको छ ।
महाधिवशनले ११ पदाधिकारी र ४५ सदस्यीय सचिवालयसहित १ सय ३५ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ । निर्वाचनको मतगणना हिजै हुने भनिए पनि एक दिनपछि मात्र सुरु भएको हो ।