ऐन महरविरुद्ध अदालतले परमादेश दिँदा पीडित भनिएकी युवती हिरासतमा

काठमाण्डु टुडे २०८१ माघ १० गते १३:४५ मा प्रकाशित

काठमाण्डू, १० माघ– एमाले नेता ऐन महरविरुद्धको बलात्कार मुद्दामा अनुसन्धान अघि बढाउन उच्च अदालत पाटनले परमादेश दिँदा सोही मुद्दामा पीडित भनिएकी युवती भने प्रहरी हिरासतमा पुगेकी छन ।

हिजो बुधवार उच्च अदालतका न्यायाधीश ब्रजेश प्याकुरेल र कृष्णराम कोइरालाको इजलासले एमाले नेता महरविरुद्ध बलात्कारको आरोप लगाइरहेकी युवती रश्मिला धामीको जाहेरी तत्काल दर्ता गरी अनुसन्धान अघि बढाउन प्रहरी र सरकारी वकिल कार्यालयका नाममा परमादेश जारी गरेको थियो ।

यसअघि रश्मिलाको जाहेरीलाई काठमाण्डू प्रहरी परिसरले अनुसन्धान नै नगरी तामेलीमा राखेको थियो। जाहेरी तामेलीविरुद्ध रस्मिला रिट लिएर उच्च अदालतमा पुगेकी थिइन । उसो त रश्मिलाले तीन वटा रिट दिएकी थिइन । तीन मध्ये इजलासले दुई वटा खारेज गर्दै एउटामा परमादेश दिएको हो ।

यता ऐन महरविरुद्धको मुद्दामा अदालतले अनुसन्धान अघि बढाउन परमादेश दिँदा पीडित भनिएकी रश्मिला भने सिंहदरबार प्रहरी वृत्तको हिरासतमा छिन्। सिंहदरबार वृत्तले मङ्गलवार उनलाई माइतीघरबाट पक्राउ गरेको थियो ।

रश्मिलामाथि विद्युतीय अपराध (साइबर क्राइम)मा जाहेरी प्रहरीले जनाएको छ। फेसबुक लाइभमा बसेर व्यक्तिको नाम किटान गर्दे सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने गरेको आरोपमा धामी पक्राउ परेकी थिइन् । नेपाल प्रहरीको साइबर ब्युरोले धामीलाई काठमाण्डूको टोखाबाट पक्राउ गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us