माघ १८ गते संसद अधिवेशन आह्वान गर्न सिफारिस

काठमाण्डु टुडे २०८१ माघ ७ गते १६:४२ मा प्रकाशित

काठमाण्डु, ७ माघ– सरकारले आगामी १८ माघदेखि संघीय संसदका दुवै सदनको बैठक आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले माघ १८ गते शुक्रबार दिउँसो १ बजे संसद बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रतिपक्षी दलहरुले संसदको हिउँदे अधिवेशन छलेर अध्यादेशमार्फत शासन गर्न खोजेको भन्दै विशेष अधिवेशन बोलाउन माग गर्ने चेतावनी दिइरहेका बेला सरकारले अधिवेशन आह्वानका लागि सिफारिस गरेको हो ।

मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री केपी ओलीले सभामुख देवराज घिमिरेसँग परामर्श बालुवाटार निवासमा गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us