प्रधानमन्त्री र सभामुखबीच भेट, संसद् अधिवेशन बोलाउने तयारी

काठमाण्डु टुडे २०८१ माघ ७ गते १५:०१ मा प्रकाशित

काठमाण्डू, ७ माघ– विपक्षी गठबन्धनले संसदको हिउँदे अधिवशन बोलाउन दबाब बढाइरहेका बेला

प्रधानमन्त्री केपी ओली र सभामुख देवराज घिमिरेबीच भेटावार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा ओली र घिमिरेबीच सोमबार भेटवार्ता भएको हो । संसद सचिवालय श्रोतका अनुसार भेटमा हिउँदे अधिवेशन आह्वान गर्ने विषयमा कुराकानी भएको छ ।

सम्भवतः मन्त्रिपरिषद् बैठकबाट आजै संसद बैठक हाह्वान हुने बताइएको छ । श्रोतका अनुसार माघ २० अगावै संसद बैठक आह्वान हुनेछ ।

केही दिनअघि बसेको विपक्षी ७ दलको बैठकले सरकारको संसद छलेर अध्यादेशमार्फत शासन चलाउन खोजेको भन्दै विशेष अधिवेशन बोलाउने चेतावनी दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us