
काठमाण्डु, १५ भदौ– नेपाल वायुसेवा निगमले मलेसिया-काठमाण्डु हवाई भाडा ७० प्रतिशतले बढाएको छ ।
मलेसियामा अवैधानिक रुपमा बसिरहेका नेपाली कामदार स्वदेश फर्काउने तयारी तयारी भइरहँदा उसले भाडा बढाएको हो ।
मलेसियामा बसेका अवैधानिक आप्रवासी कुनै पनि बेला पक्राउ गर्न सक्ने भन्दै मलेसियास्थित नेपाली दूतावासले कोपरासी इमिग्रेसन मलेसिया बरहाड र नेपाली व्यवसायीको समन्वयमा उनीहरुलाई स्वदेश फर्काउने सूचना जारी गरेको छ ।
उक्त सूचना आएकै भोलिपल्ट निगमले क्वालालम्पुर-काठमाण्डुको हवाई भाडा ७० प्रतिशत बढाएको हो । सस्तो भाडाको स्वदेशी वायुसेवाले बढाएपछि यसैमा चढेर दसैंमा घर फर्किने योजना बनाएका कामदारमाथि व्ययभार थपिने भएको छ ।