
काठमाण्डु, १५ भदौ– खर्च गर्ने कानुन नहुँदा अनौपचारिक शिक्षा सेवा केन्द्रले पाएको २० हजार अमेरिकी डलरको साक्षरतासम्बन्धी पुरस्कार अलपत्र छ ।
साक्षरतासम्बन्धी अभियानमा उत्कृष्ट बाम गरेबापत संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन ९युनेस्को० ले सन् २०१० मा दिएको ‘युनेस्को कन्फ्युसियस प्राइज फर लिट्रेसी’ अलफत्र परेको हो ।
तत्कालीत शिक्षासचिव शंकरप्रसाद पाण्डेको नेतृत्वमा पेरिस गएको टोलले पुरस्कार थापेको थियो । चीनका दार्शनिक कन्फ्युसियसको सम्मानमा युनेस्कोले चिनियाँ सरकारकै सहयोगमा सन् २००५ मा पुरस्कार स्थापना गरेको थियो ।
यो पुरस्कार पढ्न नपाएका ग्रामीण भेगका बासिन्दालाई साक्षर बनाउन योगदान पुर्याउने सरकारी, गैरसरकारी तथा निजी संस्था र व्यक्तिलाई प्रदान गरिन्छ ।
१५ वर्षदेखि ६० वर्ष उमेरसमूहका निरक्षरलाई साक्षर बनाउन नेपाल सरकारले सन् २००९ बाट अनौपचारिक शिक्षा केन्द्रमार्फत साक्षरता अभियान सञ्चालन गरेको थियो ।