
काठमाण्डु, १४ भदौ– सरकारले वैदेशिक लगानीलाई उच्च प्राथमिकतामा राखे पनि आर्थिक वर्ष २०७०/७१ मा लगानी प्रतिबद्धता रकममा खासै वृद्धि नभएको पाइएको छ ।
नेपाल राष्ट्र बैंकले यसै साता सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आवमा वैदेशिक लगानीमा ०।९ प्रतिशतको सीमान्त वृद्धि देखिएको छ भने वैदेशिक लगानीका परियोजनाहरूको सङ्ख्यामा ३।८ प्रतिशतले कमी आएको छ ।
अघिल्लो आवमा उद्योग विभागले २० अर्ब १० करोडको वैदेशिक लगानी प्रतिबद्धता भएका कुल ३०५ वटा विदेशी संयुक्त लगानीका परियोजनालाई स्वीकृति दिएको थियो । विभागले आव २०६९/७० रु १९ अर्ब ९४ करोडको वैदेशिक लगानी प्रतिवद्धता भएका कुल ३१७ वटा यस्ता परियोजनाहरूलाई स्वीकृति प्रदान गरेको छ ।
गतवर्ष दर्ता भएका कुल ३०५ परियोजनामध्ये सेवासम्बन्धी १०६, पर्यटनसम्बन्धी ८७, कृषि तथा वनसम्बन्धी ४७, उत्पादनसम्बन्धी ४४, खानीसम्बन्धी ११ र उर्जासम्बन्धी १० छन् भने आव २०६९/७० स्वीकृत परियोजनाहरूमध्ये सेवा सम्वन्धी ८९ तथा पर्यटनसम्बन्धी ८९, उत्पादनसम्बन्धी ८४, कृषि तथा वनसम्बन्धी ४३, ऊर्जासम्बन्धी छ, खानीसम्बन्धी पाँच र निर्माणसम्बन्धी एउटा परियोजना थिए ।