सूर्यदर्शन सहकारी ठगी प्रकरणः थुनछेक बहस

काठमाण्डु टुडे २०८१ पुष १७ गते १७:०२ मा प्रकाशित

काठमाण्डु, १७ पुस– कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगी मुद्दाको थुनछेक बहस आज बुधबार पनि भएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा मंगलबारदेखि थुनछेक बहस सुरु भएको थियो ।

सरकारी वकिलका तर्फबाट सहन्यायाधिवक्ता शान्तिदेवी शर्माले आज पनि बहस गरेकी छन् । शर्माले हिजो पनि बहस गरेकी थिइन् । हिजो उनको बहस नसकिएकाले आज पनि उनले बहस गरेकी हुन् । हिजो सहन्यायाधीशवक्ता सुजाता पौडेलले पनि बहस गरेकी थिइन् ।

आजै सरकारी वकिलकै तर्फबाट विपिनराज तिवारी, कमला काफ्लेसहित नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी र उपन्यायाधिवक्ता प्रकाश गौतमले पनि बहस गर्नेछन् ।

सरकारी पक्षको बहस सकिएपछि प्रतिवादीका तर्फबाट बहस हुनेछ । प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, डा. नारायण घिमिरे, हरि सुवेदी, रोहित बास्तोला, डा. नारायणदत्त कंडेल, सुदीज्ञ पन्त, रास्वपा सांसद सोबिता गौतमलगायतले बहस गर्ने तयारीछ । दुवै पक्षको बहसपछि सरकारी वकिलका तर्फबाट जवाफी बहस हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us