काठमाण्डु, १६ पुस– नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेकपा माओवादी केन्द्रसँगको एकता गर्ने निर्णय कायमै रहेको बताएका छन । आज मंगलबार काठमाण्डुमा पार्टीले गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव विप्लवले यस्तो बताएका हुन ।
उनले एकताबाट भागेको हल्ला सही नभएको पनि बताएका छन । महासचिव विप्लवले भने, ‘माओवादीसँगको एकता नेकपाले बन्द गरेको हल्ला छ, त्यो सत्य होइन । माओवादीसहित सबै क्रान्तिकारी पार्टीबिच गम्भीर बहस होस् भनेर ध्रुवीकरणलाई ध्यान दिएको हो ।
माओवादीसँगको एकता कायमै छ ।’ उनले नेपाली कम्युनिस्ट आन्दोलनमा देखिएका राजनीतिक गोल चक्करलाई अन्त्य गर्न नयाँ विश्लेषण गर्न आवश्यक रहेको पनि बताएका छन ।