गैँडाको आक्रमणमाबाट दुईजना घाइते

काठमाण्डु टुडे २०८१ पुष १६ गते १२:५७ मा प्रकाशित

काठमाण्डु, १६ पुस– चितवनमा गैँडाको आक्रमणमा परी दुईजना घाइते भएका छन । घाइते हुनेमा खैरहनी नगरपालिका–१ कासिगाउँका ४५ वर्षीया सीता नेपाल र ६० वर्षीया जानुका महत रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालले जानकारी दिएका छन ।

मंगलबार बिहान ६ः२० बजे घरमा आगो तापिरहेको समयमा गैँडाले उनीहरु माथि आक्रमण गरेको खुलेको उनले जानकारी दिएका छन । घाइते दुवैको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको प्रवक्ता रिजालले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us