काठमाण्डु, १६ पुस– मोरङको सुन्दरहरैंचा वडा नम्बर–५ की एक वृद्धाको शव जंगलमा भेटीएकी छन । मृत फेला पर्नेमा सुन्दरहरैंचा ५ डिपुकी ६० वर्षीया चन्द्रकला लिम्बु रहेकी छन ।
चन्द्रकला सोमबार साँझ घाँसदाउरा लिन जंगल गएको खुलेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ । बेलुकासम्म पनि घर नफर्किएपछि खोज्न गएका स्थानीयले मंगलबार बिहान ६ बजेतिर चन्द्रकलालाई मृत अवस्थामा भेटिएकी थिइन ।
स्थानीयले उनलाई जंगली हात्तीले आक्रमण गरेर मारेको हुनसक्ने अनुमान गरेका छन् । यद्यपि प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।