झापा पुगेर प्रचण्डले खाए केराको पातमा भात

काठमाण्डु टुडे २०८१ पुष १५ गते १४:२४ मा प्रकाशित

काठमाण्डु, १५ पुस– आज सोमबार पूर्व पधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ झापाको झापाको गौरिगञ्जमा आज आयोजित खबरदारी सभालाई सम्बोधन गर्न त्यहाँ पुगेका छन ।

झापाको गौरिगञ्जमा पुगेका अध्यक्ष प्रचण्डले केराको पातमा भात खाएका छन् । गौरिगञ्ज–१ का माओवादी कार्यकर्तासमेत रहेका तिलक राजवंशीको घरमा प्रचण्डसहितका नेताहरूले कोच संस्कृति अनुसार भात खाएका हु्न् ।

प्रचण्डले कोच राजवंशीको परम्परागत परिकार खाएको राजवंशी जानकारी दिएका छन । जसमा उसिना चामलको भात, कोचहरूको भाषामा भनिने पेलका साग, आलु कोपीको भाजी, अग्र्यानिक माछा, लोकल हाँस, टमाटरको अचार, धनियाको चट्नी र पापडलाई कोलाको पातमा दिइएको हो । आफूले प्रचण्डलाई कोच संस्कृति अनुसारको खाना खुवाउन पाउँदा खुसी लागेको राजवंशीले जानकारी दिएका छन ।

‘उहाँले मलाई कोच जातीहरुको लागि लडिरहेको छु । कोच जातीको घरमा भात खान पाउँदा खुसी लागेको बताउनु भयो,’ तिलक राजवंशीले भने, ‘मैले पनि तपाईलाई सौभाग्यले खाना खुवाउन पाएँ भने ।’

प्रचण्डले दुईतिर खप्ट्याएर राखेको केराको पातमा भात खाएका थिए । प्रचण्डसहितको टोलीमा लगभग ७० जना थिए । जसमा वाइसिएल र सुरक्षाकर्मी पनि रहेको राजवंशीले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us