काठमाण्डु, १५ पुस– राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको निधनमा शोक व्यक्त गरेका छन । राष्ट्रपति पौडेलले कार्टरप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजन र अमेरिकी जनताप्रति समवेदना प्रकट गरेका छन ।
राष्ट्रपति पौडेलले कार्टरले शान्ति, मानव अधिकार र परोपकारका क्षेत्रमा गरेको काम विश्वकै लागि प्रेरणादायी भएको बताएका छन । अमेरिकाको ३९ औं राष्ट्रपति कार्टरको आइतबार निधन भएको थियो ।
१ अक्टुबर १९२४ मा जन्मिएका उनी १९७७ देखि १९८१ सम्म अमेरिकाको राष्ट्रपति बनेका थिए । मध्यपूर्वमा शान्ति स्थापनाका लागि ऐतिहासिक क्याम्प डेभिड सम्झौता गर्न मध्यस्थता गरेकाले उनले सन् २००२ मा नोबेल शान्ति पुरस्कार पनि पाएका थिए ।