नक्कली डाक्टर बनेर लुटपाट गरेको आरोपमा एकजना पक्राउ

काठमाण्डु टुडे २०८१ पुष १३ गते १३:१० मा प्रकाशित

काठमाण्डु,१३ पुस–प्रहरीले सामाजिक सञ्जालमार्फत् आफूलाई डाक्टर हुँ भन्दै लुटपाट गरेको आरोपमा एकजना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोहत्तरीको जलेश्वर नगरपालिका–२ हरिटोल घर भई हाल ललितपुर महानगरपालिका–१७ ग्वार्को बस्ने ३० वर्षीय जितेन्द्र मण्डल रहेको प्रहरीले जानकारी दिएको छ ।

मण्डलले आफूलाई डा. आलोकका रूपमा आफुलाई चिनाउने गरेको पाइएको प्रहरीले जानकारी दिएको छ । मण्डलले सुगर रोग निको पार्ने दाबी गर्दै बेहोस बनाउने औषधि सेवन गराई सर्वसाधारणको सुनचाँदीका गहना लुटपाट गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

काठमाण्डु उपत्यका अपराध अनुसन्धान शाखा ललितपुरको टोलीले अनुसन्धान एवं खोजतलासका आधारमा उनलाई नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ आरुखर्कबाट नियन्त्रणमा लिएको हो ।

चोरी घटनाको प्रारम्भिक अनुसन्धान गर्दा उनले सुगर रोग निको बनाउने भन्दै बेहोस पार्ने औषधि सेवन गराई सुनचाँदीका गरगहना (सिक्री, औंठी, झुम्का,टप, मंगलसूत्र) लगायत नगद तीन लाख रुपैयाँ चोरी गरेको पाइएको प्रहरीले जनाएको छ ।

उनको साथबाट प्रहरीले एप्पल, भिभो र सामसङ कम्पनीको एकरएक थान मोबाइलसहित नगद ५९ हजार ३६० रुपैयाँ समेत बरामद गरीएको पनि प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us