आकर्षक तलबमा म्यासेडोनिया पठाउने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाण्डु टुडे २०८१ पुष १२ गते १३:२२ मा प्रकाशित

काठमाण्डु, १२ पुस– प्रहरीले वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी म्यासेडोनिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा खोटाङ केपीलासगढी गाउँपालिका–७ घर भई हाल काठमाण्डु महानगरपालिका–४ चण्डोल बस्ने २८ वर्षीय चिना कोयी राई रहेकी छन । उनलाई मंगलबार काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको पहरीले जानकारी दिएको छ ।

राईले म्यासेडोनिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १२ लाख ९१ हजार रूपैयाँ लिई ठगी गरेको आरोप रहेको प्रहरीले जानकारी दिएको छ ।

रकम लिएपछि सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको उनलाई काठमाडौं चण्डोलबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us