मोरङमा बाँसको झ्याङ्गमा लगेर २२ वर्षीय युवतीमाथि सामूहिक बलात्कार

काठमाण्डु टुडे २०८१ पुष ९ गते १७:३२ मा प्रकाशित

काठमाण्डु, ९ पुस– मोरङमा २२ वर्षीय युवतीमाथि सामूहिक बलात्कार भएको छ । मंगलबार बिहान मनिङवाक निस्किएको बेला ती युवतीमाथि सामूहिक बलात्कार भएको पाइएको जिल्ला प्रहरी कार्यलय मोरङले जानकारी दिएको छ ।

सामूहिक बलात्कारपछि हातखुट्टा बाँधेको र मुखमा पट्टी लगाएको अर्धचेत अवस्थामा युवती फेला परेको मोरङ प्रहरीले जानकारी दिएको छ । उनको उपचार विराटनगरस्थित कोशी अस्पतालमा भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानमा युवतिमाथि सामूहिक बलात्कार भएको देखिएको डीएसपी जोशीले जानकारी दिए । उनले भने, ‘हामीले घटनाको अनुसन्धान सुरु गरेका छौँ । घटनामा संलग्नको खोजी कार्यलाई तीव्र दिएको छ ।’

युवतीलाई बाँसको झ्याङ्गमा लगेर बलात्कार गरिएको प्रहरीको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us