ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाण्डु टुडे २०८१ पुष २ गते १०:१२ मा प्रकाशित

काठमाण्डु, २ पुस– दाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

सोमबार राति राप्ती गाउँपालिका–२ लालमटिया (कटेशनाला नजिक) पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा–४ख २२६१ नम्बरको ट्रकले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको रा–८प ४१४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङले जानकारी दिएको छ । घाइतेलाई स्वास्थ्य चौकी भालुवाङ लगिए पनि उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृतकको परिचय खुल्न नसेको प्रहरीले जानकारी दिएको छ । ट्रकलाई नियन्त्रणमा लिएर घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us