पश्चिम अफ्रिकामा २० हजारमा इबोला

काठमाण्डु टुडे २०७१ भदौ १३ गते ४:०५ मा प्रकाशित

काठमाण्डु, १३ भदौ विश्व स्वास्थ्य संगठनले इबोला भाइरस नियन्त्रणमा आउनुअघि पश्चिम अफ्रिकी मुलुकहरुमा करिब २० हजार मानिस प्रभावित हुन सक्ने अनुमान ebolaगरेको छ ।
अहिले अफ्रिकी देशमा ३ हजार पीडित व्यक्तिले इबोलाको उपचार गराइरहेका छन् । संगठनले यो संख्या करिब ४ गुणा बढी हुन सक्ने जनाएको छ ।
माहामारी नियन्त्रणका योजना घोषणा गर्दै संगठनका उपमहासचिव बुस एलवार्डले विश्व समुदाय माझ इबोला रोगको चुनौती सामना गर्ने शक्ति जुटाउन अपिल गरे ।

उनले पश्चिम अफ्रिकी देशहरुमा सावधानी अपनाउन सक्ने सामथ्र्य बढाउन पनि सहयोगको आह्वान गरे । विमान कम्पनीहरुले लगाएको हवाई प्रतिबन्धका कारण इबोला नियन्त्रणमा कठिनाइ आएको भन्दै उनले प्रतिबन्ध फुकुवा गर्न आग्रह गरे ।

पश्चिम अफ्रिकामा हालसम्म इबोलाका कारण १ हजार ५ सय ५२ जनाको ज्यान गइसकेको छ । लाइबेरिया, गिनी, नाइजेरिया र सेयरालियोन लगायतका देश इबोलाबाट निकै प्रभावित छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us