दक्षिण कोरियाका रक्षामन्त्रीले दिए राजीनामा

काठमाण्डु टुडे २०८१ मंसिर २० गते १४:१८ मा प्रकाशित

एजेन्सी– दक्षिण कोरियाका रक्षामन्त्री किम योङ्ग ह्युनले आफ्नो पदबाट राजीनामा दिएका छन । उनको राजीनामा राष्ट्रपति युन सुक–योलले समेत स्वीकृत पनि गरिसकेका छन् ।

राष्ट्रपति युन सुक योलले सैनिक शासन लागु गर्ने निर्णय ६ घण्टामै फिर्ता लिएका र उनीविरुद्ध विपक्षीले महाअभियोग प्रस्ताव अघि बढाएपछि रक्षामन्त्री ह्युनले राजीनामा दिएका हुन् ।

उनले राजीनामा दिँदै भनेका छन्, ‘ती सबै घटनाक्रमको जिम्मा लिन्छु ।’ ह्युन सेनाका अवकाशप्राप्त जनरल हुन् । उनी राष्ट्रपति युनका स्कुलका सहपाठी हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us