काठमाण्डु, १९ मंसिर– भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक भोली बिहीबार नेपाल हुदै भारत भ्रमणमा जाने भएका छन । उनी नेपाल भ्रमणमा नभएर भारत भ्रमणमा जान लागेको बेला ट्रान्जिटका लागि एक घण्टा नेपालमा रहने बताइएको छ भुटानी राजा नेपाल आउने भएपछि विमानस्थलको सुरक्षा व्यवस्था कडा बनाइएको विमानस्थल स्रोतले जानकारी दिएको छ ।
यद्यपि उनी एक घण्टा नेपालमा रहे पनि कसैसँग औपचारिक भेटघाटको कार्यक्रम नरहेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ । परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘भुटानका नरेश नेपाल आउँदै हुनुहुन्छ भन्ने हाम्रो जानकारीमा छ तर नेपाल उहाँको ट्रान्जिट भएको कारण हालसम्म कुनै पनि औपचारिक भेटघाटको कार्यक्रम राखिएको छैन ।’
नेपालका प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा रहेको बेला भुटानी राजा भारत भ्रमणमा गइरहेका छन् । यो विषयलाई धेरैले चासोको रूपमा लिएका छन् ।