राष्ट्रपतिको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य

काठमाण्डु टुडे २०८१ मंसिर १९ गते १३:१८ मा प्रकाशित

काठमाण्डु, १९ मंसिर– आज बुधबार राष्ट्रपति रामचन्द्र पौडेलको शल्यक्रिया गरिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिएको शल्याक्रिया सफलतापूर्वक सम्पन्न भएको निमित्त कार्यकारी निर्देशक प्रा.डा. घनश्याम गुरुङले जानकारी दिएका छन ।

राष्ट्रपति पौडेल प्रोस्टेटसम्बन्धी उपचारको लागि अस्पतालमा भर्ना भएका थिए । उनको आधुनिक प्रविधिबाट शल्यक्रिया (बाइबोलार टर्प) सफलतापूर्वक सम्पन्न भएको उनले जानकारी दिएका छन । हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us