सुनसरीमा गोली चलाएर प्रहरीले नियन्त्रणमा लियो गाँजा

काठमाण्डु टुडे २०८१ मंसिर १९ गते १२:१९ मा प्रकाशित

काठमाण्डु, १९ मंसिर– प्रहरीले सुनसरी गाँजासहितको गाडी गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । धरानमा चार राउण्ड गोली चलाएर गाँजा बरामद गरीएको सुनसरी प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले ८६९० किलो गाँजासहित दुई वटा गाडी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरी प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिएका छन ।

दुई गाडीका चालक मध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । धनकुटाबाट गाँजा लिएर धरान तर्फ आउँदै गरेको गाडी रोकेर चेकजाँच गर्ने क्रममा प्रहरीले गोली चलाएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us