बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाण्डु टुडे २०८१ मंसिर १८ गते १७:५४ मा प्रकाशित

कैलाली, १८ मंसिर– कैलालीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गौरीगंगा नगरपालिका– ९ रजिया बस्ने नर बहादुर विककी छोरी १३ वर्षीया अमृता विक रहेकी छन ।

कैलालीको गौरीगंगा नगरपालिका–८ मसुरियास्थित सडकमा सु.प.प्र.०१–००१ ख ३५२० नम्बरको बसको ठक्करबाट पैदलयात्री अमृता विकको मंगलबार बिहान मृत्यु भएको कैलाली प्रहरीले जानकारी दिएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कैलालीले जानकारी दिएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको पनि प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us