काठमाण्डु, १८ मंसिर– जिल्ला अदालत काठमाण्डुले राष्ट्रिय, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाण्डुले थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आज मंगलबार प्रहरीलाई अनुमति दिएको हो । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी रहेको भन्दै विवादास्पद सामग्री सार्वजनिक गरेपछि सीआईबीले उनलाई पक्राउ गरेको थियो ।
साइबर अपराध अभियोगमा उनी मंसिर ४ गते पक्राउ परेका थिए । उनले आफ्नो पक्राउ गैरकानुनी भएको भनेर यसअघि नै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट हालेपनि खारेज भएको थियो ।