काठमाण्डु, १८ मंसिर– गएको १६ मंसिरमा भएको स्थानीय तहको उपनिर्वाचनबाट निर्वाचित काठमाण्डु–१६ की नवनिर्वाचित वडाध्यक्ष रोजिना श्रेष्ठलाई मेयर बालेन शाहले शपथ ग्रहण गराएका छन् ।
आज मंगलबार काठमाण्डु महानगरपालिकाको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच श्रेष्ठलाई शपथ ग्रहण गराइएको हो । रोजिना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित भएकी हुन् ।
काठमाण्डु –१६ बाट निर्वाचित नेपाली कांग्रेसका वडाध्यक्ष मुकुन्द रिजालको निधनपछि यहाँ उपनिर्वाचन भएको हो ।