ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ मंसिर १८ गते १५:०५ मा प्रकाशित

काठमाण्डु, १८ मंसिर– सल्यानमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कुमाख गाउँपालिका– २ नारायण टाकुरा बस्ने ३६ वर्षीय नबिन कामी रहेको सल्यान प्रहरीले जानकारी दिएको छ ।

सल्यानको कुमाख गाउँपालिका–६ सेराटोलस्थित सडकमा लु.४ त ६६९४ नम्बरको ट्याक्टरबाट खसेर कामीको गए राति मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको पनि सल्यान प्रहरीले जानकारी दिएका छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us