नेपालीमाथि मलेसियामा यस्तो ज्यादती

काठमाण्डु टुडे २०७१ भदौ १२ गते ४:५२ मा प्रकाशित

मलेसिया– नेपाली हत्याको विरोधमा उत्रिएका नेपाली कामदारले मलेसियामा हड्ताल गरेका छन् ।
हत्या विरोधमा उत्रिएकालाई पक्राउ गरिएपछि नेपालीले हड्ताल गरेका हुन् । जोहोरबारुस्थित तेब्रोबामा रहेको जेसीवाई नामक कम्पनीमा कार्यरत झापाका हर्कबहादुर निरौलाको कम्पनीको लापरबाहीले ज्यान गएको भन्दै सो कम्पनीमा कार्यरत नेपाली हड्तालमा उत्रिएका हुन् ।

हत्याको विरोधमा उत्रिएका नेपाली कामदारलाई कम्पनीले कुलाइ भन्ने स्थानमा ल्याएर चरम यातना दियो । पाँच केजीको सिमेन्टको बल हातमा पास खेल्न लगाएर यातना दिइएको नेपालीले बताएका छन् ।

बल भुइंमा खसे लठ्ठी र लात्तीले हान्ने गरिएको देखेपछि अरु नेपाली पनि हड्तालमा उत्रिए । उनीहरुलाई सोही कम्पनीमा कार्यरत बंगलादेशी र भियतनामी कामदारले पनि साथ दिएका छन् ।

कम्पनीमा आगो लगाएको झुठो आरोपमा दुई बंगलादेशी र ४० नेपाली कामदारलाई पक्राउ गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us