कैलालीमा भिरबाट ट्रक खस्यो

काठमाण्डु टुडे २०८१ मंसिर १५ गते ९:५४ मा प्रकाशित

काठमाण्डु, १५ मंसिर– कैलालीको चुरे गाउँपालिका–५ भासु भिरबाट मालबाहक ट्रक दुर्घटना भएको छ ।

सु.प्र.००१ख२५७६ नम्बरको मिनी ट्रक शनिबार बिहान पौने ५ बजे भिरबाट खसेको हो ।

ट्रक भीरबाट करिब ७ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । ट्रकका को–को थिए भन्ने खुलेको छैन ।

स्थानीयले ट्रक खसेको सूचना दिएपछि उद्धारका लागि प्रहरी खटिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us