काठमाण्डु, १४ मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मानवीय गुण भनेको जालझेल गर्ने नभएको बताएका छन् ।
आज शुक्रबार लुम्बिनी बौद्ध विश्वविद्यालयको २० औँ वार्षिकोत्सव तथा तेस्रो दीक्षान्त समारोहमा कुलपतिको हैसियतमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।
उनले बुद्धको सार तत्त्व सही विचार र सही मार्गमा अगाडि बढ्ने भएको उल्लेख गर्दे नराम्रो नचिताऊ, नराम्रो मार्गमा नहिँड् भन्ने रहेको पनि बताएका छन ।
विद्यार्थीहरूले बुद्धका प्रवचनहरू आफ्नो जीवनमा अपनाउँदै अन्यत्र फैलाउने काम गर्नुपर्ने समेत उनले बताए प्रधानमन्त्री ओलीले पछिल्लो समय मान्छेले जानी जानी नराम्रो काम गर्ने गरेको समेत बताएका छन ।
उनले स्थानीय जनताको सहयोगमा लुम्बिनी विश्वविद्यालय अगाडि आउन सफल भएको पनि बताएका छन ।
उनले बुद्धको यस ठाउँमा ध्यान र प्रवचण हुनुपर्ने कुरामा जोड दिए । त्यसैले लुम्बिनीमा ५ हजार जनाले ध्यान गर्न सक्ने क्षमताको सभाहल आफ्नो पालामा निर्माण गरेको पनि बताएका छन ।
सो अवसरमा भिक्षुणी धम्मावती गणेशकुमारी शाक्यलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरिएको थियो ।