दाङमा बस दुर्घटना, २१ जना घाइते

काठमाण्डु टुडे २०८१ मंसिर १४ गते १६:४२ मा प्रकाशित

काठमाण्डु, १४ मंसिर– दाङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । शुक्रवार दाङको घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ख १३८२ नम्बरको बस अनियन्त्रित भई तुलसीपुर–१८ डाडागाउमा दुर्घटना हुँदा २१ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय दाङले जानकारी दिएका छन ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार घाइते हुनेमा तुलसीपुर–१८ का १८ वर्षका चल मान बुढामगर, सोही ठाउँका ३२ वर्षका ईन्द्रा थापा, घोराही– ११ बस्ने २५ वर्षका माधव डाँगी सोही ठाउँका ६० वर्षीय रुद्रबहादुर कामी, तुलसीपुर– १८ बस्ने वर्ष ६३ वर्षका नर बहादुर नेपाली, सल्यान शारदा नगरपालिका १० बस्ने ३६ को ढाकाराम कुँवर , तुलसीपुर–१७ बस्ने वर्ष १७ वर्षका आँचल शर्मा, तुलसीपुर–१८ बस्ने वर्ष ५९ वर्षका रमा परियार, तुलसीपुर– १७ बस्ने ३६ वर्षका राधा केसी रहेको प्रहरीले जानकारी दिएका छन ।

यस्तै तुलसीपुर नगरपालिका–१७ का ४६ वर्षका नरबहादुर नेपाली, रुपन्देही बुटवल उपमहानगरपालिका– ११ बस्ने २६ वर्षका नवीन पराजुली, भारत तेलगंगा घर भई ज्योतिष काम गर्ने वर्ष ३९ का कल्याण जगम, घोराही– ५ बस्ने ५२ वर्षका तिलविक्रम गिरी, घोराही– १५ बस्ने ५४ वर्षका डबलबहादुर डाँगी रहेका छन ।

तुलसीपुर–१८ बस्ने ३६ वर्षका नन्दकली वली, शान्तिनगर गाउँपालिका–६ बस्ने २४ वर्षका नवीन वली, तुलसीपुर– १८ बस्ने २९ वर्षका आकृति पुन मगर, तुलसीपुर– १७ बस्ने ७९ वर्षका दुर्गाबहादुर केसी, सोही ठाउँका ७८ वर्षका नमा केसी, बसका सहचालक घोराही १४ बस्ने २२ वर्षका सागर नेपाली र घोराही– १७ बस्ने ४० वर्षका गङ्गाराम पोख्रेल घाइते भएको प्रहरीले जानकारी दिएका छन ।

केही घाइतेहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार सुरु भएको छ ।

बसका चालक घोराही–१० बस्ने अन्दाजी २८ वर्षका मनोज चौधरी फरार रहेका छन । प्रहरीले चालकको खोजी गरिरहेको र घटनाबारे अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us