ओलीको चीन भ्रमणमा ८७ सदस्यीय जम्बो टोली सहभागी हुने

काठमाण्डु टुडे २०८१ मंसिर १३ गते १९:४७ मा प्रकाशित

काठमाण्डु, १३ मंसिर– मन्त्रिपरिषदको बिहीबारको बैठकले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण स्वकिृत गरेको छ ।

सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको हो ।

ओलीले आगामी १७ देखि २० मंसिरसम्म चीन भ्रमण गर्दैछन् ।

मन्त्रिपरिषदले ओलीको चीन भ्रमणमा ८७ सदस्यीय जम्बो टोली सहभागी हुने निर्णयसमेत गरेको छ ।

ओलीसहित ३९ जना सरकारी र ४८ जना निजी क्षेत्रबाट टोलीमा सहभागी हुने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

ओली भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री आरजु राणा देउवा बिहीबार चीन प्रस्थान गरेकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us