प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाउन प्रतिबद्ध छौँ: अध्यक्ष प्रचण्ड

काठमाण्डु टुडे २०८१ मंसिर १३ गते १७:४० मा प्रकाशित

काठमाण्डु, १३ मंसिर– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको असंवैधानिक, अलोकतान्त्रिक र निरङ्कुश कदमका विरुद्ध नेपाली जनताले आफ्नो फैसला सुनाउने दाबी गरेका छन ।

आज बिहिबार माओवादी केन्द्रले कीर्तिपुरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन ।

उनले सरकारलाई आफूहरूले खबरदारी गरिरहेको तर सुनुवाइ नभएमा प्रतिनिधिसभाको विशेष अधिवेशन समेत बोलाउन सक्ने पनि बताएका छन ।

अध्यक्ष प्रचण्डले भने, ‘अहिलेको सरकारले अलोकतान्त्रिक र असंवैधानिक कदम चाल्न खोज्दैछ ।

त्यसको फैसला जनताले सुनाउनेछ । जरुरी पर्यो भने हामी नयाँ आन्दोलनतिर पनि जानेछौँ, ‘हामीले प्रतिपक्ष दलको नेताको तर्फबाट होस् वा विपक्षी दलको तर्फबाट वक्तव्य दिइरहेका छौँ हाम्रो मागको सरकारले सुनुवाइ गरेन भने हामी प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाउन प्रतिबद्ध छौँ र त्यहाँबाट पनि लडाइँ छेडिनेछ ।’

उनले त्यहाँबाट देशव्यापी अभियान चलाउनुपर्ने बाध्यता हुन सक्ने पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us