सावेल प्रहार गरी साथीको हत्या गरेको अभियोगमा एकजना पक्राउ

काठमाण्डु टुडे २०८१ मंसिर १३ गते १४:२२ मा प्रकाशित

काठमाण्डु, १३ मंसिर– प्रहरीले मकवानपुरको मनहरि गाउँपालिका–६ प्रतापुर लच्का बस्ने जित बहादुर मोक्तानको हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ठाउँ बस्ने ३४ वर्षीय अम्मर बहादुर लोप्चनलाई गएराति पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । अम्मर बहादुरले सावेल प्रहार गरी जित बहादुरलाई घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सुनाचुरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

सावेल प्रहारबाट गम्भीर घाइते भएका जित बहादुरको भरतपुर सरकारी अस्पताल चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । उनीहरु साथी साथी रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ । साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us