सुतिरहेका साथीको साबेलले हिर्काएर हत्या

काठमाण्डु टुडे २०८१ मंसिर १३ गते ९:२० मा प्रकाशित

मकवानपुर, १३ कात्तिक– मकवानपुरमा एक व्यक्तिले सुतिरहेका साथीको हत्या गरेका छन् ।

मनहरी गाउँपालिका–६ प्रतापुर लच्काका अम्मरबहादुर लोप्चनले आफनै घरमा सुतिरहेका ५० वर्षीय जीतबहादुर मोक्तानको साबेलले हिर्काएर हत्या गरेका हुन् ।

मकवानपुर प्रहरीका अनुसार लोप्चनले सुतिरहेका मोक्तानलाई बिहीबार बिहान साबेलले हानेर हत्या गरेका हुन् ।

टाउको र खुट्टामा गम्भीर चोट लागेका मोक्तानको चितवनस्थित भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मकवानपुर प्रहरीका डीएसपी श्यामु अर्यालले जानकारी दिए ।

अर्यालका अनुसार मोक्तान र लोप्चन सँगै मजदुर गर्थे । यसैबीच प्रहरीले हत्यामा संलग्न लोप्चनलाई नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us