काठमाण्डु, १३ कात्तिक– आज राति १२ बजेदेखि स्थानीय तह उपनिर्वाचनको मौन अवधि सुरु हुँदैछ ।
आगामी १६ मंसिरमा विभिन्न स्थानीय तहमा ४४ पदका लागि उपनिर्वाचन हुँदैछ ।
निर्वाचन आयोगले मतदानभन्दा ४८ घण्टाअघि मौन अवधि सुरू हुने जनाएको छ । मौन अवधिमा उम्मेदवारले चुनाव प्रचार, मत माग्ने वा निर्वाचनसम्बन्धी कुनै गतिविधि गर्न पाउँदैनन् ।
उम्मेदवार र राजनीतिक दलहरूलाई सभा, सम्मेलन, गोष्ठी, भेला, अन्तरक्रियालगायत गतिविधि गर्न निर्वाचन आचारसंहिताले रोक लगाएको छ ।
दुई जिल्ला समन्वय समिति प्रमुख, एक नगरपालिकाको प्रमुख, एक उपप्रमुख, दुई गाउँपालिका अध्यक्ष, ४ उपाध्यक्ष र ३४ वडाध्यक्षका लागि उपनिर्वाचन हुन लागेको हो ।
ओखलढुंगा र कैलाली जिल्ला समन्वय समिति तथा रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका–२ को वडाध्यक्ष निर्वाचित भइसकेका छन् ।