काठमाण्डु, १३ मंसिर- परराष्ट्रमन्त्री आरजु राणा देउवा आज चीन भ्रमणमा जाँदैछिन् ।
प्रधानमन्त्री केपी ओलीको भ्रमणका तयारीका राणा त्यसतर्फ जान लागेकी हुन् ।
ओलीले १७ देखि २० मंसिरसम्म चीन भ्रमण गर्दैछन् । गत असार अन्तिममा प्रधानमन्त्री बनेका ओलीको यो पहिलो औपचारिक विदेश भ्रमण हो ।
परराष्ट्रमन्त्री राणाले ओली पुग्नुअघि नै चिनियाँ विदेशमन्त्री वाङ यीसँग छेङ्दुमा भेटवार्ता गर्ने तय भएको परराष्ट्रका अधिकारीहरुले बताएका छन् । त्यसक्रममा प्रधानमन्त्रीको भ्रमण तयारीका विषयमा छलफल हुने परराष्ट्रको भनाइ छ ।
ओली १७ मंसिरमा चीन पुगेपछि मन्त्री राणा ओलीको भ्रमण दलमा पनि सामेल हुनेछिन् ।