काठमाण्डु, १२ मंसिर– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी १६ मंसिरमा हुने स्थानीय तहको
उपनिर्वाचनमा सुशासनको पक्ष र भ्रष्टाचारविरुद्ध अभिमत प्रकट गर्न मतदातालाई अपिल गरेका छन् ।
बुधबार एक भिडियो सन्देश जारी गर्दै उनले उपनिर्वाचनमार्फत व्यक्त हुने जनमतको मुलुकका लागि विशेष अर्थ र महत्व रहेको बताए । उनले उपनिर्वाचनले आगामी निर्वाचनका लागि समेत सन्देश दिने उल्लेख गरे ।
‘नेपाली जनता साँच्चिकै सुशासनको पक्षमा र भ्रष्टाचारको विरूद्धमा रहेको प्रमाणित गर्न उपनिर्वाचन महत्वपूर्ण अवसर पनि हो,’ प्रचण्डले भनेका छन्, ‘यससकारण यो उपनिर्वाचनलाई अवसरका रूपमा सदुपयोग गरेर देशमा व्याप्त बेथिति, विसंगति र विकृतिविरूद्ध अभिमतका निम्ति म विशेष रुपले अपिल गर्न चाहन्छु । उपनिर्वाचनमार्फत एउटा सन्देश दिऔं ।’
आफू प्रधानमन्त्री भएका बेला सुशासनका पक्षमा तथा भ्रष्ट्राचार, अन्याय र विभेदविरुद्ध र आर्थिक संकटबाट देशलाई मुक्त गर्न निकै प्रयास गरेको चर्चा उनले गरे ।
आफ्नो उक्त प्रयासका कारण मुलुकमा सकारात्मक भाव पैदा भएको दाबी उनको थियो ।
‘उपनिर्वाचनलाई भ्रष्टाचारविरुद्धको संकल्पलाई अघि बढाउने महअभियानको रुपमा, देशमा सुशासन कायम गर्ने र सामाजिक न्यायसहतिको आर्थिक समृद्धिको पक्षमा हामीले अघि बढाइरहेका छौ’, उनले भने ।
‘