देशमै रोजगारी नदिए युवा विदेश जान्छन्ः देउवा

काठमाण्डु टुडे २०८१ मंसिर १२ गते १८:४४ मा प्रकाशित

काठमाण्डु, १२ मंसिर– कांग्रेस सभापति शेरबहादुर देउवाले युवालाई दक्षता अनुसारको रोजगारी दिनुपर्ने बताएका छन् ।

छैठौं एसियाली जनसंख्या सम्मेलनको उद्घाटन सत्रमा बुधबार बोल्दै सभापति देउवाले विश्वको ६० प्रतिशत जनसंख्या रहेको दक्षिण एसियाका राष्ट्रहरूले युवाहरूलाई उनीहरूको दक्षता अनुसारको व्यवस्थापन गर्नु जरूरी रहेको बताए ।

‘विश्वको ६० प्रतिशत जनसंख्या रहेको साउथ एसियाका राष्ट्रहरूले युवाहरूलाई उनीहरूको दक्षता अनुसारको व्यवस्थापन गर्नु जरूरी छ,’ देउवाले भने, ‘यदि हामीले युवाहरूलाई उत्पादकत्व क्षेत्रमा नवीन आविष्कार सहितको उद्यमशिलतामा लगाउन सकेनौं भने अवसरको खोजीमा विदेशीने खतरा रहेकाले हाम्रा योजना र प्राथमिकता त्यसतर्फ केन्द्रित हुनु जरुरी छ ।’

युवाहरूलाई विदेशिनबाट रोकेर उत्पादकत्व क्षेत्रमा लगाउनु नै महत्वपूर्ण हुने पनि सभापति देउवाले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us