प्रधानमन्त्री ओलीसँग ४० सदस्यीय सरकारी टोली चीन जाने

काठमाण्डु टुडे २०८१ मंसिर १२ गते १५:१४ मा प्रकाशित

काठमाण्डु, १२ मंसिर– प्रधानमन्त्री केपी शर्मा ओली शर्मा ओलीको आसन्न चीन भ्रमणमा ४० सदस्यीय सरकारी टोली सहभागी हुने पक्का भएको छ ।

भ्रमणमा सरकारी टोलीका अतिरिक्त उद्योगी व्यवसायी पनि सहभागी हुने भएका छन । भ्रमण टोलीमा सहभागी हुने नेपाली टोलीको कूल संख्या यकिन भइसकेको छैन । परराष्ट्रमन्त्री आरजु राणा देउवा बिहीबार चीन जानेछिन् ।

उनी शनिबार नेपाल फर्किएर पुनः सोमबार चीन प्रस्थान गर्ने कार्यतालिका बनेको परराष्ट्र स्रोतले जानकारी दिएको छ ।

परराष्ट्र स्रोतले भन्यो, ‘१५ मंसिरमा मन्त्री राणा देउवा नेपाल फर्केर १७ मंसिरमा प्रधानमन्त्री ओलीसँग राणा पुनः चीन जाने गरी कार्यतालिका बनेको छ ।’

चिनियाँ राष्ट्रपति सी चिनफिङसँग १८ मंसिरमा भेट हुनसक्ने परराष्ट्र स्रोतले जानकारी गराएको छ ।

‘प्रधानमन्त्री गएको भोलिपल्ट उच्चस्तरीय भेट हुनसक्छ । तर, औपचारिक तालिका आइसकेको छैन,’ परराष्ट्र स्रोतले भन्यो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us